सेती अस्पतालद्वारा निजी क्लिनिकमा जान ड्युटी छाड्ने चिकित्सकहरूमाथि कडा कारबाही।

धनगढी, साउन २० — सेती प्रादेशिक अस्पतालले आफ्ना चिकित्सकहरूलाई सरकारी कार्यसमयमा निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको छ। केही चिकित्सकहरूले तोकिएको ड्युटी छाड्ने गरेको गुनासो आएपछि अस्पतालले नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाहीको चेतावनी दिएको छ।

मङ्गलबार जारी गरिएको सूचनामा अस्पताल प्रशासनले आफ्ना सम्पूर्ण चिकित्सकहरूलाई समयमै, गुणस्तरीय तथा बिरामीमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्न तोकिएको ड्युटी स्टेशनमै रहेर जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।

प्रादेशिक अस्पतालमा ड्युटीमा हुनुपर्ने समयमा केही चिकित्सकहरू निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा जाने गरेको गुनासो आएपछि अस्पतालले यो निर्णय लिएको हो।

मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा हस्ताक्षरित सूचनामा सरकारी ड्युटीको समयमा निजी प्रक्टिस गरेको वा अन्य स्वास्थ्य संस्थामा काम गरेको पाइएमा प्रचलित कानुन र सेवाका शर्तअनुसार कारबाही गरिने उल्लेख छ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो प्रेषण (रेफरल) सरकारी अस्पतालमा आउने बिरामीहरूले सरकारी कार्यसमयमा निर्बाध सेवा पाउन सकून् र सेवा प्रवाहमा सुधार आओस् भन्ने उद्देश्यले यो निर्देशन जारी गरिएको अस्पतालले जनाएको छ।

सौजन्य: www.thehimalayantimes.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी