सरकारी कागजात दुरुपयोग प्रकरण : प्रतापपुर गाउँपालिका अध्यक्ष यादवको खोजीमा प्रहरी

बुटवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई प्रहरीले खोजी गरिरहेको छ।

पोखरी निर्माणका क्रममा सरकारी कागजात दुरुपयोग गरेको आरोपमा मुद्दा दर्ता भएपछि प्रहरीले यादवलाई पक्राउ गर्न खोजी सुरु गरेको हो।

यसअघि नवलपरासी जिल्ला अदालतले साउन २० गते यादवलाई पक्राउ गर्न अनुमति दिएको थियो। पक्राउबाट बच्न यादव उच्च अदालत पुगेका थिए। उच्च अदालतले तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि उनी पक्राउ हुनबाट जोगिँदै आएका थिए।

शुक्रबार उच्च अदालत बुटवलले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि यादवलाई पक्राउ गर्न प्रहरीका लागि बाटो खुलेको छ। अदालतको आदेशसँगै इलाका प्रहरी कार्यालय बेलाटारी र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उनको खोजी तीव्र बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी एवं सूचना अधिकारी मदन थापाले फरार रहेका यादवको खोजी भइरहेको बताए। ‘अदालतबाट पक्राउ गर्न बाटो खुलेपछि खोजतलास जारी छ,’ डीएसपी थापाले भने, ‘हामी छिट्टै पक्राउ गरेर कानुनी प्रक्रियामा लैजान्छौँ।’

सौजन्य- www.ratopati.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई