हुथी विद्रोहीको आक्रमणपछि यमनद्वारा रातो सागरस्थित बन्दरगाहको कामकाज ठप्प

“अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इरानबीच होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर विवाद कायमै रहँदा यस क्षेत्रमा जहाजहरूको आवतजावत प्रभावित बनेको छ।”

यमनको मोखा बन्दरगाहमा विद्रोही समूह हुथीले २५ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि त्यहाँको सञ्चालन पूर्ण रूपमा स्थगित गरिएको बन्दरगाहका निर्देशकले शनिबार बताएका छन्।

रोयटर्सका अनुसार आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशकले आक्रमणमा परि सात जनाको मृत्यु भएको र करिब १ करोड ६० लाख अमेरिकी डलर बराबरको क्षति भएको जानकारी दिए।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका अनुसार शुक्रबार हुथी समूहले रातो सागरमा अवस्थित रणनीतिक महत्त्वको बन्दरगाह शहर मोखामा छ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए।

हुथी सशस्त्र बलका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारेले मोखामा रहेका “साउदी सैन्य तैनाथी, हतियार तथा उसका एजेन्ट र भाडाका सैनिकका सैन्य नौकाहरूलाई” लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन्।

सौजन्य- www.edition.cnn.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको