बाटो र पुलभन्दा उद्धार उपकरण र प्रविधिमा जोड दिन हर्कराज राईको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा राईले विकासका नाममा बाटो र पुल मात्र बनाउनु भन्दा विपद्को समयमा प्रभावकारी हुने उद्धार सामग्री र प्रविधिको विकासमा लगानी गर्न सरकारलाई सुझाव दिए।

उनले भने, ‘बाटो र पुल मात्र बनाएर हुँदैन, विपद्का बेला उद्धारका लागि हेलिकप्टर, एम्बुलेन्स र अत्याधुनिक प्रविधि सहितको दक्ष जनशक्ति र उपकरणहरू राज्यले जोड्नुपर्छ।’

बाढी चीन तिब्बत बाट सुरु भएकाले छिमेकी देशहरूबीचको सूचना आदान–प्रदानको विषयलाई पनि उनले महत्त्वका साथ उठाए। चीनले नेपाललाई बाढीका बारेमा बेलैमा जानकारी दियो कि दिएन र नेपालले भारतलाई यसबारे पूर्वजानकारी गरायो कि गराएन भन्ने विषय संवेदनशील रहेको उनले बताए। सामाजिक सञ्जालमा हेरेकै भरमा मात्र आधिकारिक सूचना नहुने भएकाले औपचारिक रूपमै इन्फर्मेसन एक्सचेन्ज हुनुपर्ने उनको भनाइ छ।

उद्धार कार्यमा खटिने टोलीले पनि जमिनको अवस्था र पराकम्पनले पारेका चिराहरूलाई ध्यानमा राखेर सतर्कतापूर्वक काम गर्नुपर्ने उनले बताए। उद्धार गर्ने क्रममा थप क्षति हुन नदिन विशेष सावधानी अपनाउन उनले आग्रह गरे।

संकटको यस घडीमा सत्ता पक्ष र प्रतिपक्ष भनेर विभाजित हुनुभन्दा वन टिम, वन नेसनका रूपमा सबै एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने उनले बताए।

सौजन्य- www.ratopati.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको