नेपाली सेनाको १४ सदस्यीय मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ उडेको छ ।
काठमाडौँ — नेपाली सेनाको १४ सदस्यीय मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उडेको छ । तत्काललाई त्रिशूलीस्थित ब्यारेकलाई बेस बनाएर रसुवातर्फ टोली जाने सैनिक प्रवक्ता राजाराम बस्नेतले कान्तिपुरलाई बताए ।
उनका अनुसार टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति पुगेकाले तत्काल त्यहाँ हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था छैन । ‘त्यसैले अनुकूलता हेरेर हवाई टोली त्यहाँ जानेछ,’ उनले भने ।
उद्धारका लागि ६ नम्बर बाहिनीबाट विपद् व्यवस्थापन टोलीसहितको जनशक्ति परिचालित भइसकेको उनले बताए । ‘अरू टोली पनि उद्धारमा खटिइसकेको छ,’ उनले भने ।
बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीले टिमुरेमा ठूलो क्षति पुर्याएको छ । नुवाकोट, धादिङ र चितवनमा समेत उच्च सतर्कता अपनाउन भनिएको छ ।
सौजन्य- www.ekantipur.com


