बाढी प्रभावित जिल्लामा राष्ट्रिय विपद् घोषणा गर्न प्रमुख दलहरूको माग

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सांसदहरूले रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राष्ट्रिय विपद् जारी गर्न सरकारसँग माग गरेका छन्।

तिब्बतको जिबुङ क्षेत्रमा भएको हिमताल विस्फोटपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले अर्बौँको क्षति र सयौँ नागरिक बेपत्ता पारेको भन्दै सांसदहरूले युद्धस्तरमा उद्धार कार्य अघि बढाउन आग्रह गरेका हुन् ।

बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीका कारण ८०० भन्दा बढी नागरिक बेपत्ता भएको र २०० भन्दा बढी मानिस अझै उद्धारको पर्खाइमा रहेको जानकारी दिए। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत, उद्धार, क्षतिपूर्ति र पुनर्निर्माणका लागि ५ बुँदे प्रस्ताव अघि सारे। चीनले बाढीबारे पूर्वजानकारी दिएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने र तत्काल राष्ट्रिय विपद् घोषणा गर्नुपर्नेमा उनले जोड दिए।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोसाइँकुण्ड यात्रामा रहेका ३६ जना तीर्थयात्री सवार बस बाढीमा परेको हृदयविदारक घटना सुनाउँदै हजारौँ नागरिक बेपत्ता भएको बताए। उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा लिँदै तत्काल प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन र राष्ट्रिय विपद् घोषणा गर्न माग गरे।

 

नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले विपद्को समयमा राजनीतिभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। पीडित नागरिकले राज्यको उपस्थिति महसुस गर्नुपर्ने भन्दै उद्धार र राहतमा सरकारलाई काङ्ग्रेसको पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरिन्।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवामा मोबाइल र फोन सेवा समेत बन्द भएको जानकारी दिँदै सञ्चार सम्पर्क पुनःस्थापित गर्न माग गरे। उनले निजी क्षेत्रका हेलिकप्टरलाई समेत पूर्ण नियन्त्रणमा लिएर उद्धारमा खटाउन र प्रभावित जिल्लालाई सङ्कटग्रस्त घोषणा गर्न सरकारसँग आग्रह गरे।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बाटो र पुलभन्दा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण, हेलिकप्टर र प्रविधिमा लगानी बढाउन सरकारलाई सुझाव दिए। उनले चीन र भारतसँगको सूचना आदानप्रदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने र ‘वन टिम’ भएर काम गर्नुपर्ने बताए।

राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले जलवायु परिवर्तनको असरका कारण नेपालले यो क्षति भोग्नुपरेको भन्दै जलवायु कूटनीति बलियो बनाउन माग गरिन्। उनले विगतमा जाजरकोट भूकम्पको समयमा नेताहरूबीच हेलिकप्टर चढ्न भएको प्रतिस्पर्धा अहिले दोहोरिन नहुने भन्दै सतर्क गराइन्। ओलीले पनि रसुवा त्रासदीलाई राष्ट्रिय विपद् घोषणा गर्न माग गरिन्।

बाढीका कारण प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले पनि सङ्कटको घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सौजन्य- www.ratopati.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको