रसुवा बाढी : ‘क्यामेरामा देखिए उद्धार मागिरहेका हातहरू’

कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गरेर हेर्दा पीडितहरूले उद्धारको हात उठाइरहेको देखिएको बताएका छन् ।

१० भदौ, काठमाडौं । रुसुवाको बेत्रावतीस्थित सातबिसे फाँटमा पीडितहरुले उद्धारका हात उठाइरहेका दृष्य देखिएका छन् ।

कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गरेर हेर्दा पीडितहरूले उद्धारको हात उठाइरहेको देखिएको बताएका छन् ।

‘घरहरुको छटबाट मानिसहरू छन्, उनीहरूले हात उठाइरहेको देखियो,’ न्यौपानेले भने, ‘तर थप केही गर्न सकिने स्थिति छैन ।’

अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले क्यामेराको ब्याट्री सकिएकाले तस्वीर पठाउन नसकिएको उनले बताए ।

‘मोबाइल पनि अब धेरै चल्ने स्थिति छैन,’ उनले भने, ‘यहाँबाट पारी मैले जुम गरेर हेर्दा त्यहाँ मानिसहरूले उद्धार खोजिरहेको देखेँ ।’

सौजन्य- www.onlinekhabar.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको