राहत उद्धार कोषमा आर्थिक सहायता जम्मा गर्ने सम्बन्धी प्रेस विज्ञप्ति

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित भएका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बूढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको संयोजकत्वमा बसेको बैठकले नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूबाट सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व वहन गर्दै यो सहयोग गरिएको जनाइएको छ।

यसैगरी, नगरपालिकाले निर्णय कार्यान्वयनका लागि देहायका मुख्य कदमहरू अगाडि बढाएको छ:

  • कोषमा रकम दाखिला: स्वीकृत प्रक्रिया बमोजिम आर्थिक प्रशासन महाशाखाले उक्त रकम तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने।

  • सरोकारवालासँग समन्वय: विपद्‌मा परेका नागरिकलाई राहत तथा सहयोग पुर्‍याउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह र सरोकारवालासँग निरन्तर सहकार्य गर्ने।

  • स्वास्थ्य टोली परिचालन: विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग पुर्‍याउन बूढानीलकण्ठ नगर अस्पतालका स्वास्थ्यकर्मीसहितको Rapid Response Medical Team (RRT) पूर्ण रूपमा तयारी अवस्थामा राखी परिचालन गर्ने।

नगरपालिकाले बाढी तथा विपद्‌बाट प्रभावित सम्पूर्ण नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै पक्षलाई प्रभावकारी समन्वय र सहकार्यका साथ अघि बढ्न अनुरोधसमेत गरेको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको