एसीसी प्रिमियर कप : सन्दीपको कप्तानीमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

 

काठमाडौं । कप्तान सन्दीप लामिछानेको घातक बलिङसँगै नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा अर्जुन कुमालले ३६ रन बनाए भने रोहित पौडेल १९ रनमा अविजित रहे। बहराइनका इमरान जावेदले २ विकेट लिए। नेपालको एक विकेट रनआउटका रूपमा गुमेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु टिक्न सकेन। सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा मात्र १४ रन खर्चिएर ५ विकेट लिएपछि बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो। नेपालका लागि ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे। १४औँ ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमै विकेट लिए। सोही ओभरको चौथो बलमा अर्को विकेट लिएका उनले आफ्नो पाँचौँ ओभरमा एक तथा सातौँ र आठौँ ओभरमा समान एक–एक विकेट थप्दै पाँच विकेट पूरा गरे। यस जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। नेपालले अब दोस्रो खेलमा बिहीबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

News credit: www.corporateangle.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई