बौद्धको विशेष संस्कृतिक पर्व घोनाई मनाइयो, विभिन्न १३ विधामा पुरस्कार वितरण

भदौ १४ गते, काठमाडौं । श्री बौद्ध तामाङ कल्याण गुठी मूल समारोह समिति अन्र्तगत आज विभिन्न ४० संघसंस्थाको सहभागितामा बौद्धमा मौलिक स्थानीय रोपाईजात्रा (घोनाई) सम्पन्न भएको छ । कार्यक्रम मूल समारोह समिति सहसंयोजक बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठी एवं काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष आर्थिक सहयोगमा सम्पन्न भयो । कार्यक्रम श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष राजेन्द्र कुमार लामाको सभापतित्व तथा बागमति प्रदेश सभा सदस्य एवं प्रदेश मामिला समिति सभापति छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा एवं कामपा ६ बौद्धका वडा अध्यक्ष भुवन लामाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा श्रीबौद्धनाथ क्षेत्र विकास सतिका नवनियुक्त अध्यक्ष सुरेन्द्र बज्राचार्य, बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्गजित लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो

सोहैं, सत्रौं शताब्दिबाट शुरु भएको मानिने यस पर्व अन्र्तगत आयोजना गरिएको घोनाईमा विभिन्न १३ विधाहरु हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य, व्यङग्य, युवा लाखे, बाल लाखे, झाँकी, घोडा, विद्यालयहरुको प्रस्तुती र घोनाई मौलिक नाच विधामा प्रतिश्पर्धा भयो । प्रतियोगितामा हरेक विधामा प्रथम हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र सान्त्वना २५०० नगद सहित ट्रफी,, मेडल र प्रमाणपत्र पाएका छन् । कार्यक्रममा श्री बौद्ध तामाङ कल्याण गुठी मूल समारोह समितिका तर्फबाट स्वागत मन्तव्य सचिव धरम लामाले राख्नु भयो भने कार्यक्रमलाई प्रमुख अतिथी र विशिष्ठ अतिथीले सम्बोधन गर्नु भयो । औपचारिक समारोह पूर्व प्रतिश्पर्धामा सहभागिहरुको झाँकी बौद्धनाथ ठूलो घण्टी अगाडीबाट शुरु भई बौद्ध पिपलबोट हुँदै टुसाल चोक पुगी पुनः बौद्ध मुलगेट हुँदै कार्यक्रमस्थलमा आएको थियो । यस वर्ष भदौं १० गते रसुवा लगायतका जिल्लामा गएको बाढीका कारण औपचारिक रुपमा बनाइएता पनि विगतका वर्षहरुमा यो पर्व हर्सोल्लासका साथ मनाइदै आइएको थियो ।

News / photos credit :Boudhakhabar.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी