भोटेकोशी बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत शर्मा मृत फेला

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिएको हो ।

हुम्लाको ताजाकोट गाउँपालिका-२ निवासी शर्मा जागिरको सिलसिलामा रसुवाको टिमुरेमा कार्यरत थिए । बाढीपछि उनी सम्पर्कविहीन भएका थिए । शवको पोस्टमार्टमपछि परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।

गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

सौजन्य;corporateangle.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई