भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी आसपासका अधिकांश पुलमा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ । बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनासमेत क्षतिग्रस्त भएपछि नेपाली सेनाले वैकल्पिक आवागमन सञ्चालनका लागि एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ ।देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले ६० मिटर लामो र ५.५ मिटर चौडा एक्रो ब्रिज निर्माण गरिरहेको छ । उक्त पुलले अधिकतम ५० टनसम्म भारवहन गर्न सक्ने क्षमता रहेको जनाइएको छ ।बाढीले पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि देवीघाट र आसपासका बस्तीमा यातायात तथा आवतजावत प्रभावित भएको थियो । प्रभावित क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्ने उद्देश्यले सेनाले आवश्यक प्राविधिक जनशक्ति तथा उपकरण परिचालन गरी पुल निर्माणको काम अघि बढाएको हो ।


काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स
काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई
