बाढीपीडितका लागि तपोवनले गर्‍यो प्रधानमन्त्री राहत कोषमार्फत १५ लाख ५१ हजार सहयोग

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै ओशो तपोवनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।तपोवनका संस्थापक, बोधिसत्व स्वामी आनन्द अरुणको नेतृत्वमा सन्यासीहरूको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।भेटघाटका क्रममा बोधिसत्व स्वामी आनन्द अरुणले विपत्तिको यस कठिन घडीमा तपोवन पूर्ण रूपमा बाढीपीडितहरूको साथमा रहेको बताए । प्राकृतिक विपत्तिमा परेर घर, जीविकोपार्जन र आफ्ना प्रियजन गुमाएका प्रभावित परिवारहरूप्रति करुणा र मानवीय संवेदना व्यक्त गर्दै उनले भने, ‘विपत्तिको समयमा करुणा केवल शब्दमा मात्र सीमित नरही सार्थक कर्ममा परिणत हुनुपर्छ । यो सहयोग हाम्रो साझा मानवता र सेवाभावको एक विनम्र प्रयास हो ।’भेटका क्रममा स्वामी आनन्द अरुणले अर्थमन्त्री वाग्लेलाई ओशोका पुस्तकहरूसमेत प्रदान गरेका थिए

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको