गोरखा बाढीले प्रहरी चौकीसहितको बस्तीमा नै सम्पर्क टुट्यो, दुई पुल र दुई जलविद्युत् आयोजना बगे

गोरखाको चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थिति बूढीगण्डकी र थोराङ खेलामा आएको बाढीले नाम्रुङ बस्तीलाई सडक सञ्जालबाट सम्पर्कविहीन बनाएको छ । बाढीले दुईवटा पुल र दुई जलविद्युत् आयोजना बगाएको छ ।  वडाध्यक्ष पेमा ग्लाल्पो लामाका अनुसार वडा नम्बर दुईको नाम्रुङ बस्तीमा ४० घर र प्रहरी चौकी समेत सम्पर्कविहीन भएको छ । ‘टेलिफोनको टावर पनि बेलाबेलामा सम्पर्क हुन्छ । हामी वैकल्पिक बाटो कता हुन्छ भनेर हेर्न फिल्डमा छौँ,’ उनले शिलापत्रसँग भने ।
गाउँमा रहेको माइक्रो हाइड्रोपावर र पहिलेदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत् परियोजना बगाएको छ । वडाध्यक्ष लामाका अनुसार सोलारबाट बत्ति जडान गर्न आवश्यक उपकरणको लागि समन्वय भइरहेको छ ।  बिहान ३ बजे पहिरो गएको र पहिरोले नदी थुनिएर बाढी आएको हो । बस्तीको चार घरमा बस्न नमिल्ने गरेर क्षति पुर्‍याएको छ । राहतको लागि वडा नम्बर २ र ४ को समन्वय भइरहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको