न्युजिल्यान्ड ए सँग नेपाल ए टोलीको हार

२१ भदौ, काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले टुरको अन्तिम खेलमा पनि हार बेहोरेको छ । आइतबार भएको न्युजिल्यान्ड ए सँगको एकदिवसीय खेलमा नेपाल २ विकेटले पराजित भएको हो । नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । न्युजिल्यान्डका ओपनर राइस मारिउले शानदार शतकीय पारी खेले । उनले १३४ बलमा १३७ रन बनाएर जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका थिए । नेपालका लागि रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले २-२ विकेट लिँदा बिपिन खत्री र पवन सर्राफले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा अलआउट हुँदै २११ रन बनाएको थियो । पवन सर्राफले सर्वाधिक ६१ रन बनाउँदा लोकेश बमले ४७ रन बनाए । अनिल साहले २४ रन बनाए । मयन यादवले २० रन बनाए । न्युजिल्यान्डका लागि म्याट फिशरले ९ ओभरमा ३७ रन दिएर ४ विकेट लिए । क्रिस्टन क्लार्क र अदित्या अशोकले २-२ विकेट लिए भने जाक गिब्सन र मोहम्मद अब्बासले १-१ विकेट लिए । टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले उक्त सिरिजमा ६ मध्ये २ खेल जितेको थियो । त्यसपछि नेपाल तास्मानिया र साउथ अस्ट्रेलियासँग अभ्यास एकदिवसीय खेलमा पराजित भएको थियो ।

News credit :onlinekhabar.com

photo credit :can

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको