काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया सम्पन्न भएसँगै सेयर कारोबार रोक्का गरिएको हो। प्राप्ति प्रक्रिया सम्पन्न भई भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । nधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको नेप्सेले जनाएको छ। विन नेपाल लघुवित्त र स्वरोजगार लघुवित्तबीचको प्राप्ति प्रक्रिया पूरा भएसँगै कम्पनीको कारोबार तथा सञ्चालन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अघि बढ्नेछ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट
महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा
