२४ भदौ, काठमाडौं । फेरान टोरेसले ह्याट्रिक गरेपछि साविक विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा ६–१ को शानदार जितसहित सुरुवात गरेको छ । पीएसजीको जितमा स्पेनिस फरवार्ड टोरेसले ३१औं, ४७औं र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि ओस्मान डेम्बेलेले १७औं र २३औं मिनेटमा लगातार दुई गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८७औं मिनेटमा फाबियन रुइजले अर्को गोल थपे । स्लोभानका लागि सुलेमान कामाराले ५८औं मिनेटमा फर्काएको गोल सान्त्वना बन्यो लिग चरणको पहिलो खेलमा पीएसजीले स्लोभान ब्राटिस्लाभालाई एकतर्फी रूपमा पराजित गर्यो । यही समरमा बार्सिलोनाबाट पीएसजी आएका टोरेसले च्याम्पियन्स लिगमा क्लबका लागि डेब्यू खेलमै ह्याट्रिक गर्दै प्रभावशाली सुरुआत गरेका छन् । डेम्बेलेले दुई गोलसँगै दुई असिस्ट पनि दिए । फ्रेन्च लिग वानमा सिजनको सुरुआती तीन खेलमा जितविहीन रहेको पीएसजीका लागि युरोपमा आएको यो फराकिलो जितले आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ ।
News credit onlinekhabar.com


