काठमाडौं । सांसदहरुले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानविन गर्दै दोषिमाथि कारवाही गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माएको घटनाको छानविन गर्दै दोषिमाथि कारवाही गर्न माग गरेका हुन् । बैठकमा सांसद खगेन्द्र कर्णले पैसाको अभावका कारण उपचार नपाएपछि महिलाले अस्पताल कम्पाउन्ड बाहिर सडकमै बच्चा जन्माउनु परेको घटनाको छानविन गरि दोषिमाथि कारवाही गर्न माग गरे । विपन्न, दलित तथा गरिब नागरिकको भरोसाको केन्द्र मानिने सरकारी अस्पतालमै केही सय रुपैयाँको अभावमा सुत्केरी महिला सडकमा पुग्नुले राज्यको स्वास्थ्य प्रणाली र दाबीको वास्तविक कमजोरी उदाङ्गो पारेको उनले बताए । उनले यस अमानवीय तथा संवेदनशील घटनाप्रति स्वास्थ्य मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य विवरण तत्काल संसद्मा जानकारी गराउन र दोषीमाथि छानबिन गर्न माग गरे । त्यस्तै सांसद सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गरिब महिलाले सन्तान जन्माउने र आमा बन्ने अधिकारसमेत गुमाउनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरिन् । प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी महिलालाई उपचार सुरु गर्नुको सट्टा अस्पताल प्रशासनले पैसाको मोलमोलाइ गरेको र पैसा नभएकै कारण चिसो र धुलाम्य सडकमा निकालिदिएको उनले बताइन् । उनले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको भए पनि गरिब जनताले सरकारी अस्पतालमै प्रसूति सेवा नपाएर सडकमा पुग्नुले संविधान र लोकतन्त्रकै उपहास भएको उल्लेख गरिन् । अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका वडा नं. १४ निवासी गर्भवती महिला बबिता कुमारी पासवानले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनको विरोध भइरहेको छ ।
अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न माग


काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स
काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई
