राफिन्हाको दुई गोलमा बार्सिलोनाको फराकिलो जित

२४ भदौ, काठमाडौं । बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको लिग चरणमा फेयेनोर्डलाई ५–१ ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा राफिन्हाले तेस्रो र ५७औं मिनेटमा दुई गोल गरे । करिम अदेयेमीले २२औं मिनेटमा उत्कृष्ट एक्रोब्याटिक गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए भने लामिन यामालले ७७औं र गाब्रियल जिससले ८५औं मिनेटमा गोल थपे । फेयेनोर्डका लागि सेम स्टेइनले ८२औं मिनेटमा सान्त्वना गोल फर्काए ।

यस सिजन उत्कृष्ट लयमा रहेका राफिन्हाले पाँच खेलमा सात गोल पुर्‍याएका छन् । उनले सिजनका सबै पाँच खेलमा गोल गर्ने क्रम पनि कायम राखेका छन् । यता, यही समरमा बार्सिलोनामा आबद्ध भएका जिससले क्लबका लागि पहिलो गोल गरेका हुन् ।

News credit :onlinekhabar.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई