एसियाली खेलकुदमा नेपालबाट १३५ खेलाडी सहभागी हुँदै

काठमाडौं — जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार एसियाड जाने नेपाली टोलीबारे प्रकाश पारेका हुन् । एसियाली खेलकुदको औपचारिक उद्घाटन समारोह १९ सेप्टेम्बरमा हुँदैछ । केही खेल भने १६ सेप्टेम्बरमै सुरु हुनेछ । नेपालबाट २१ खेलका ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडी रहनेछन् । त्यसमा २९ प्रशिक्षक, १७ व्यवस्थापक, २ खेल प्राविधिक थपिँदा कुल १ सय ८४ जनाको हुनेछ । २२ खेल सहभागी गराउने निर्णय भए पनि अन्तिम समयमा ब्रेकिङ एन्ड डान्स नजाउने भएको छ । त्यसमा एक खेलाडी जाने सूची थियो ।खेलको हिसाबमा आर्चरीका २, एथलेटिक्सका ६, ब्याडमिन्टनका ४, बक्सिङका ७, क्रिकेटका १५, साइक्लिङका २, गल्फका ४, जुडोका ६, कबड्डीका २४, करातेका ८, र्‍याफ्टिङ एन्ड क्यानोइङका २, स्केट एन्ड स्केट बोर्डिङका २, सफ्ट टेनिसका ४, स्क्वासका २, पौडीका ५, टेबलटेनिसका ६, तेक्वान्दोका ३, टेनिसका ५, भलिबलका १२, कुस्तीका ६, उसुका १० खेलाडीले जापानमा प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहता नेपाली टोली सेफ द मिसन र नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले डेपुटी सेफ द मिसनको रूपमा रहनेछन् । खेलकुदमन्त्री पोखरेल, खेलकुद मन्त्रालयकै दिवाकर घले, एनओसी गेस्टको रूपमा मन्त्रालयका सचिव चूडामणि पौडेल, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य पवन शाही, शक्ति गौचन र अर्थ मन्त्रालयका सुवोध खतिवडा एसियाडमा जानेछन् ।

News credit;ekantipur.com/

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको