काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मुलुकको आर्थिक अवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्याबारे उद्योगी–व्यवसायीसँग छलफल गरिरहेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।प्रधानमन्त्री सचिवालयका अनुसार छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ ।सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा समेत छलफल केन्द्रित छ ।त्यस्तै, निजी क्षेत्रले भोगिरहेका व्यावसायिक तथा लगानीसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक समन्वय तथा सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ।


काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स
काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई
