न्याय सेवामा डिजिटल फड्को : एउटा अदालतको आदेशको प्रमाणित प्रतिलिपि अर्को अदालतबाटै लिन सकिने

काठमाडौं । न्यायपालिकाको कामकारबाहीलाई थप पारदर्शी, चुस्त र सेवाग्राहीमैत्री बनाउन अदालतका सेवा प्रवाहमा प्रविधिको प्रयोग विस्तार गरिने भएको छ । अब एउटा अदालतबाट जारी भएको आदेश तथा फैसलाको प्रमाणित प्रतिलिपि अर्को अदालतबाटै लिन सकिने व्यवस्था गर्न लागिएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शनिबार उच्च अदालत बार एसोसिएसन पाटनको वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै अदालतका आदेश तथा फैसला अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए ।

उनका अनुसार मुद्दामा भएका आदेश सोही दिन सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गर्ने काम सुरु भइसकेको छ । सर्वोच्च अदालतका हालैका फैसलाका हस्ताक्षरित प्रति स्क्यान गरी वेबसाइटमा राख्ने कामसमेत अघि बढाइएको उनले बताए ।

एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरी लिन सकिने व्यवस्था कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको प्रधानन्यायाधीश शर्माले जानकारी दिए ।

नियमावली संशोधनपछि सर्वोच्च वा जिल्ला अदालतबाट भएका फैसला तथा आदेशको प्रमाणित प्रतिलिपि सेवाग्राहीले सम्बन्धित अदालतमै पुग्नुपर्ने बाध्यताबिना अन्य अदालतबाट समेत प्राप्त गर्न सक्ने व्यवस्था हुने उनको भनाइ छ ।

यसबाट मुद्दाका पक्ष तथा सेवाग्राहीलाई अदालत धाउने समय र खर्च घट्नुका साथै अदालती सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रधानन्यायाधीश शर्माले अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) का लागि आवश्यक पूर्वाधार निर्माणको कामसमेत भइरहेको बताए ।

कुन प्रकृतिका मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा निर्देशिका तयार भइसकेको र सरोकारवालाको सुझावका आधारमा त्यसलाई क्रमशः कार्यान्वयनमा लैजाने उनले जानकारी दिए ।

सौजन्य- www.corporateangle.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई