इन्द्रसरोवर नजिकै ईभी दुर्घटना : चार जनाको मृत्यु

काठमाडौं । हेटौँडाबाट काठमाडौँ आउँदै गरेको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेका अनुसार गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना भएको हो।

काफ्लेका अनुसार ईभीमा आठ जना यात्रु सवार थिए । तीमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।  घाइतेमध्ये एक जनालाई हेटौँडा र तीन जनालाई काठमाडौँ पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

सडकबाट खसेको ईभी करिब २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।  मृतकहरूको सनाखत हुन बाँकी छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी