पोखरेलसहित ३ जना उच्च अदालतको न्यायाधीशमा नियुक्त

न्याय परिषद् बैठकले जिल्ला अदालतका १५ न्यायाधीशको पनि सरुवा गरेको छ ।

काठमाडौँ — सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

न्याय परिषद्को मंगलबार बिहान बसेको बैठकले उनीहरुलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो ।

पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई जिल्ला न्यायाधीशमा नियुक्त गरी कैलाली जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

परिषद्को बैठकले जिल्ला अदालतका न्यायाधीशहरूलाई पनि सरुवा गरिएको छ । जसमा उच्च अदालतका ३ न्यायाधीश रहेका छन् भने उच्च अदालतकै ४ न्यायाधीशको काज सरुवा गरिएको छ । जिल्ला अदालतका १५ जना न्यायाधीशको सरुवा गरिएको छ ।

त्यस्तै, बाबुराम दाहाल र ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरिएको छ । रजिष्ट्रारद्वय पोखरेल उच्च अदालतको न्यायाधीश र मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त भएपछि रिक्त रहेका पदमा दाहाल र कट्टेललाई सिफारिस गरिएको हो ।

न्याय सेवा आयोगको बैठकले नै न्याय परिषद्को सचिवमा रामप्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।

सौजन्य- www.ekantipur.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई