आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदाको प्रस्ताव

काठमाडौँ — रास्वपा सांसद सोबिता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरिएको छ। उक्त विधेयकलाई अब मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भइरहेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो।

प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।

गौतमले मातृत्व र पितृत्व जीवनमा सीमितपटक आउने विशेष समय भएकाले नवजात शिशु र परिवारका लागि अभिभावकले पर्याप्त समय पाउनु राज्यको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार सुरक्षित मातृत्व तथा अभिभावकत्वका विषयमा प्रस्तावित व्यवस्था महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा अघि सारिएको हो।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई