सार्वजनिक यातायातको सवारी दर्ता खुला, १ असोजदेखि दर्ता गर्न सकिने

सरकारले सार्वजनिक यातायातका सवारी दर्ता खुला गरेको छ । पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले वातावरणलाई कारण देखाउँदै गत ७ जेठदेखि अनिश्चितकालका लागि सार्वजनिक सवारीको दर्ता रोक्का गरेको थियो ।

तर, यातायात व्यवसायी, सवारी आयातकर्ता तथा बिक्रेताहरूको समेत दबाबमा करिब चार महिनापछि सरकारले सार्वजनिक यातायातको सवारी दर्ता पुनः खुला गरेको हो ।

सार्वजनिक सवारीसाधनहरूको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि दर्ता रोक्का गरिएको विभागले १८ साउनदेखि सार्वजनिक मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो । पछिल्लोपटक विभागले १ असोजदेखि लागू हुनेगरी सार्वजनिक सवारी विशेषगरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिई दर्ता खुला गरिएको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनको लागि हाललाई १ असोजदेखि लागू हुने गरी काठमाडौं उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विदुतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनहरूलाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको विभागले जनाएको छ ।

साथै, काठमाण्डौं उपत्यकाभित्र स्कुल बस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको विभागले जनाएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई