काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँ प्रतितोलाभन्दा तल झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ थियो ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।


