करदाता प्रोत्साहन उपहार : पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका व्यक्तिले जिते १० लाख

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेता घोषणा गरेको छ ।विभागका अनुसार भदौ महिनाका लागि दैनिक उपहारतर्फ ३१ जना र बम्पर उपहारतर्फ दुई जना विजेता छनोट भएका छन् । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । स्थगित कार्यक्रमपछि भदौ महिनाका विजेता छनोट गरिएको विभागले जनाएको छ । दैनिक उपहारतर्फ भदौ महिनाका प्रत्येक दिनका लागि एक जना गरी ३१ जनाले जनही १ लाख रुपैयाँ उपहार पाएका छन् । त्यस्तै, बम्पर उपहारतर्फ दुई जनाले जनही १० लाख रुपैयाँ जितेका छन् । कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान खरिद गर्ने एक व्यक्ति र सुनिता फेन्सीबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने अर्का व्यक्तिले बम्पर उपहारतर्फ जनही १० लाख रुपैयाँ जितेका हुन् । आन्तरिक राजस्व विभागले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक माग्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपभोक्ताले सामान वा सेवा खरिद गर्दा बिजक मागेमा व्यवसायीको कारोबार आधिकारिक रूपमा अभिलेखमा आउने र त्यसका आधारमा कर संकलनमा समेत सहयोग पुग्ने विभागको भनाइ छ । विभागका निमित्त महानिर्देशक जनक पौडेलले करदाता प्रोत्साहन उपहार कार्यक्रमले उपभोक्तामा बिजक माग्ने प्रवृत्ति बढाउन सहयोग गरिरहेको बताए । पछिल्लो समय सामान वा सेवा खरिद गर्दा बिजक माग्ने उपभोक्ताको संख्या बढ्दै गएको उनको भनाइ छ । बिजक माग्दा दिन नमानेका वा बिजक दिन अटेर गर्ने व्यवसायीलाई सचेत गराउने कामसमेत भइरहेको पौडेलले जानकारी दिए।

1.png
2.png
3.png
4.png

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको

काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति