१८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्ड सञ्चालनमा

काठमाडौं । पहिरोका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडकखण्ड बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक निर्माण तथा पहिरो हटाउने काम सम्पन्न भएपछि कृष्णभिरमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार सडक मर्मत तथा निर्माणको काम पूरा भएपछि बिहीबार बिहानदेखि सवारीसाधन सञ्चालन गर्न दिइएको हो ।

कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा लामो समयदेखि यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुँदै आएका थिए । सडक सञ्चालनमा आएसँगै राजमार्ग भएर हुने आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि, अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा यातायात अवरुद्ध हुने जोखिम अझै कायमै रहेको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमले राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन तथा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेकी छन् । वर्षाका कारण जोखिमयुक्त स्थानमा जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले चालक तथा यात्रुलाई सतर्क रहन उनले आग्रह गरेकी छन् ।

पृथ्वी राजमार्गले काठमाडौंलाई देशका विभिन्न जिल्ला हुँदै पश्चिम नेपालसँग जोड्छ । राजमार्ग अवरुद्ध हुँदा यात्रु आवागमनसँगै दैनिक उपभोग्य वस्तु तथा अन्य मालसामानको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी