सुनको भाउ फेरि ३ लाखमुनि, तोलामा २३ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँ प्रतितोलाभन्दा तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको

काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति