त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनाको अवधिमा १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी र सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको साथबाट बरामद भएको सुनको अनुमानित मूल्य ४ करोड २५ लाख ७३ हजार १ सय ८४ रुपैयाँ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई प्रलोभनमा पारी तस्करहरूले सुन नेपाल भित्र्याउन प्रयोग गरेको देखिएको छ ।

बरामद सुन तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूको सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, सोही अवधिमा विमानस्थलबाट करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्रीसहित १० जना पनि पक्राउ परेका छन् ।

नियमित तथा आकस्मिक चेकजाँच र निगरानीका क्रममा भन्सार कानुन तथा नियमावलीविपरीत भन्सार छली ल्याइएका मोबाइल फोन, ल्यापटप, आईप्याडलगायतका विद्युतीय सामग्रीसहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूबाट बरामद सामग्रीको अनुमानित मूल्य ८८ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन तथा विद्युतीय सामग्रीको ओसारपसार नियन्त्रणका लागि यात्रु तथा सामानको जोखिममा आधारित सुरक्षा जाँच, एक्स–रे स्क्रिनिङ, सूक्ष्म निगरानी र सूचना संकलनलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ ।

प्रहरीले विमानस्थल प्रयोग गर्ने यात्रुहरूलाई प्रचलित कानुन तथा भन्सारसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गर्दै तस्कर, व्यक्ति वा समूहको प्रलोभन, दबाब वा प्रभावमा परी गैरकानुनी वस्तु ओसारपसार नगर्न समेत अनुरोध गरेको छ ।

1284f0bb-ca5f-4b5a-9038-634c96d079f5.jpg

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी