पाल्पा जिल्लास्तरीय ते–क्वान्दोमा तानसेन डोजाङ प्रथम

पाल्पा — ११ औं संस्करणको जिल्लास्तरीय आइटीएफ ते–क्वान्दो प्रतियोगितामा तानसेन डोजाङले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगिता अन्तर्गत तानसेनले ११ स्वर्ण, ४ रजत र ११ कास्य गरी कुल २६ पदक जित्दै पहिलो भएको हो । प्रतियोगितामा भुतपूर्व सैनिक डोजाङ् तानसेनले १० स्वर्ण, ११ रजत र ९ कास्यसहित ३० पदक जित्दै दोस्रो हुन सफल भएको  आईटिएफ ते–क्वाण्डो जिल्ला समिति पाल्पाका अध्यक्ष नीरबहादुर सारुले बताए ।  सदरमुकाम तानसेनको टुंडिखेलमा दुई दिनसम्म चलेको प्रतियोगितामा पूर्वखोला गाउँपालिकास्थित मातृभूमि डोजाङ देवीनगरले ६ स्वर्ण, ५ रजत र ६ कांस्यसहित तेस्रो स्थान हासिल गरेको छ । तानसेन नगरपालिकास्थित बिजु डोजाङ तानसेनले ५ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १४ पदक जित्दै चौथो भएको छ । पूर्वखोला गाउपालिकास्थित शम्भु डोजाङ जल्पाले ३ स्वर्ण, ७ रजत र १० कास्य गरी २० पदक जितेको छ ।

पूर्वखोला गाउँपालिकाकै सिलुवास्थित जनमार्ग डोजाङले २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेको प्रशिक्षक तथा जुरी कृष्ण थापाले बताए ।  तानसेनस्थित बेथल डोजाङ्ले एक स्वर्ण, तीन रजत र १६ कांस्य पदक जित्यो भने राइजिङ डोजाङले एक स्वर्ण, एक रजत र एक कास्य पदत हात पारेको छ । तानसेनकै प्यारागन डोजाङ्ले एक स्वर्ण र ९ कास्य पदक जितेको छ । माथागढीस्थित सनराइज डोजाङ् रुप्सेले एक स्वर्ण, तीन रजत र एक कास्य गरी ५ पदक जितेको छ ।

अकला डोजाङ पूर्वखोलाले तीन कास्य, गणपति डोजाङले दुई कास्य, उद्बुद्ध डोजाङले एक कास्य जितेका छन् । प्रतियोगितामा जुनियर पुरुषतर्फ प्यारागन डोजाङ्का सचिन घर्तिमगर र सिनियर पुरुषतर्फ बेथल डोजाङ्का विजय पुन उत्कृष्ट खेलाडी बनेको प्रशिक्षक तथा जुरी नगेन्द्र मल्लले जानकारी दिए । महिला जुनियरतर्फ मातृभूमि डोजाङ् देविनगरकी बन्दना परियार र महिला सिनियरतर्फ तानसेन डोजाङ्की कसुमी थापा उत्कृष्ट खेलाडी भइन् ।

प्रतियोगितामा १६ केजी देखि ६० केजी तौल समूहमा विभाजन गरी खेल संचालन गरिएको थियो । कुल ४१ स्वर्ण, ४१ रजत र ८२ कांस्य गरी कुल १६४ पदकका लागि विभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो।ekantipu

News credit :ekantipur

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी