सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

काठमाडौं– बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर भइरहेका अनलाइन ट्रोलिङप्रति कडा जवाफ दिएका छन् । ‘बिग बोस २०’को आगामी ‘वीकेन्ड का वार’ एपिसोडमा उनी ट्रोलरहरूमाथि खुलेर आक्रोशित देखिएका हुन् । शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले आक्रोशित हुँदै भनेका छन,‘ कर लो ना ट्रोल, ये लो ।’ प्रोमोमा उनी स्टेजमै टोपी र ज्याकेट उतार्दै प्रतिस्पर्धीहरूसँग पनि कडा रूपमा प्रस्तुत भएको देखिन्छ ।

‘बिग बोस २०’ सेप्टेम्बर ६ देखि प्रसारण भइरहेको छ । कार्यक्रम सुरु भएयता घरभित्र दुई स्पष्ट समूह बनेका छन् । पहिलो समूहमा कनिका मान, अरिश्फा खान, माही विज, अमन गान्धी, इशा रिखी, उदिति सिंह, गुल्लु र काजी तौकीर छन् । दोस्रो समूहमा यङ डीएसए, अम्रपाली दुबे, स्काउटओपी, रोहेद खान, लभ गिल, आसिफ खान र मेरी कोम रहेका छन् ।

चलचित्रतर्फ सलमान अब अपूर्व लाखिया निर्देशित ‘मातृभूमि’मा देखिनेछन् । यसअघि ‘बैटल अफ गलवान’ शीर्षकमा निर्माण भइरहेको उक्त फिल्म अप्रिलमा प्रदर्शन गर्ने तयारी भए पनि प्रदर्शन मिति पछि सारिएको थियो । नयाँ प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । एएनआई

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको