ठाकुर गैरेले ओलीलाई चुनौती दिँदै भने- सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्नुहोस्

उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’

६ असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् । बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए । ‘अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने! यो यसले राम्रो गरेन’

उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’ उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् । यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो । सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठक चलाइरहेका छन् ।

सौजन्य: www.onlinekhabar.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको