एक अर्ब रुपैयाँ भन्दा बढीको हुण्डी कारोबार आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं । १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाही रहेका छन्।

शाहीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार पौने ५ बजे धरानको खैरेनीबाट पक्राउ गरेको हो।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराका अनुसार शाहीले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार शाहीले केही व्यक्तिसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा व्यवसाय दर्ता गरी मनी ट्रान्सफरको कारोबार सञ्चालन गर्दै आएका थिए।

मनी ट्रान्सफरका नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी