काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको जनाएको छ।
एनपीएलको माहोललाई लक्षित गर्दै एक्सट्रिमले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरबाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट निर्माण गरेको छ। ती गेटमा सम्बन्धित टोलीको पहिचानसँगै एक्सट्रिमको ब्रान्डिङसमेत राखिएको छ।
कम्पनीका अनुसार प्रतियोगिता सुरु हुनुअघि नै समर्थकलाई लक्षित गर्दै यस्तो ब्रान्ड एक्टिभेसन सुरु गरिएको हो। मैदानबाहिर निर्माण गरिएका गेटमार्फत सम्बन्धित टोलीका समर्थकलाई प्रतियोगितासँग जोड्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
एक्सट्रिमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ।
कम्पनीले एनपीएललाई लक्षित गर्दै पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत आफ्नो प्रचार गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।
एनपीएल सिजन–३ आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ।
x (2).jpeg
x (3).jpeg



