इसेवाको सीईओमा निरज शर्मा नियुक्त

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको ३० भदौमा बसेको बैठकले १२ असोजदेखि लागू हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्षका लागि कम्पनीको नेतृत्व सम्हाल्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा विकास, टोली नेतृत्व तथा संस्थागत रूपान्तरणमा समेत उनको अनुभव रहेको इसेवाले जनाएको छ । इसेवा सञ्चालक समितिले शर्माको बैंकिङ तथा डिजिटल वित्तीय सेवासम्बन्धी अनुभव र नेतृत्व क्षमताले कम्पनीका आगामी रणनीतिक प्राथमिकता कार्यान्वयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैबीच, इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ । खड्का १२ असोज २०७९ मा इसेवाको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा इसेवाले प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या बढाउनुका साथै नयाँ उत्पादन तथा डिजिटल सेवाको विस्तार गरेको कम्पनीले जनाएको छ । खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ । खड्काको नेतृत्वमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्सुरेन्सलगायतका उत्पादन तथा फिचर विस्तार गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनमार्फत डिजिटल वित्तीय सेवालाई थप पहुँचयोग्य बनाइएको इसेवाको दाबी छ । कम्पनीका अनुसार खड्काको कार्यकालमा व्यावसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा महत्त्वपूर्ण काम भएका छन् । कम्पनीले उनको कार्यकालमा हासिल भएका उपलब्धिले इसेवाको आगामी यात्राका लागि बलियो आधार तयार गरेको जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको

काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति