श्रीलंकासँग खेल वर्षाका कारण रद्द

श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट बाहिरिएको छ । जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाको खेल टस पनि हुन नपाई रद्ध भएको हो ।

खेल नभएका खण्ड्मा उच्च वरीयता टोली अघिल्लो चरणमा अगाडि बढ्ने नियमानुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४ औं स्थानमा छ ।

नागोयामा शनिबार देखि नै निरन्तर वर्षा भइरहेको छ । नेपाल र जापान बीच शनिबार भएको समूहचरणको खेल वर्षाले पुरा हुन दिएको थिएन । सोमबार पाकिस्तान र हङकङ तथा भारत र पाकिस्तान बीचको खेल पनि एक बल पनि नफाली रद्ध हुन पुगेको थियो ।

नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूहचरणको अन्तिम खेल वर्षाले प्रभावित हुन पुगेको थियो । वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले ४ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । तर इनिङ्स सकिए लगत्तै वर्षा भएका कारण थप खेल हुन सकेको थिएन् ।

NewsCredit:ekantipur

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई