रोनाल्डो विनाको पोर्चुगल विजयी

काठमाडौँ — क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिलाई बिर्सदै पोर्चुगलले यूईएफए नेसन्स लिगको बिहीबार भएको खेलमा डेनमार्कलाई ४–२ ले पराजित गरेको छ । यस्तै प्रशिक्षक योगर्न क्लोपलाई पहिलो जित दिलाउन जर्मनीले सर्बियालाई २–० ले हरायो । कोपनहेगमा भएको खेल अगाडि रोनाल्डोले पोर्चुगाली टिम छाडेका थिए र यसैले खेललाई ओझेलमा पार्न सक्ने डर थियो । तर पोर्चुगल शानदार जित निकाल्न सफल रह्यो । रोनाल्डोकै स्थानमा मौका पाएका गोन्सालो रामोसले एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरे । जर्मनीले क्लोपको नेतृत्वमा खेलेका सुरुआती दुवै खेलमा जित निकाल्न सकेको थिएन् । यसपल्टको जितमा भने टम बिसकोफ र फ्लोरिन विर्टजले एक एक गोल गरे । ग्रिस र नेदरल्यान्ड्सबीचको खेल भने २–२ को बराबरीमा छुट्यो । यस्तै वेल्सले नर्वेमाथि २–१ को निकाल्न सफल रह्यो ।

कान्तिपुर

Submit a Comment

Your email address will not be published. Required fields are marked *

१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७

निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन भएको छ । शुक्रबार बसेको

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरू