स्पेन र इंग्यान्डको प्रभावशाली जित

काठमाडौँ — विश्व च्याम्पियन स्पेनले यूइएफए नेसन्स लिगमा शनिबार चेक गणतन्क्रलाई ३–१ ले हराएको छ । यस्तै इंग्ल्यान्डले त्रोएसियामाथि ७–० को जित निकालेको छ । ओभिडोमा भएको खेलमा स्पेनका लागि लामिन यामल, रोड्रि र मिकेल मेरिनोले एक एक गोल गरे ।

यो नतिजासँगै स्पेनको अपराजित खेल यात्रा ४१ पुगेको छ । रिजेकामा भएको खेलमा भने इंग्ल्यान्डको जितमा ह्यारी केन र बुकायो साकाले दुई दुई गोल गरे । इंग्ल्यान्डका लागि केनले गरेको गोल संख्या कीर्तिमान ८९ पनि पुगेको छ ।

अन्य खेलमा स्विटजरल्यान्डले स्लोभानियालाई २–१, फिनल्यान्डले अल्बानियालाई २–१ र बेलारुसले सानमारिनोलाई ४–० ले हरायो । यस्तै इस्टोनियाले लक्जेम्बर्गलाई १–० र आइसल्यान्डले बुल्जेरियालाई ३–० ले पराजित गर्न सफल रह्यो ।

कान्तिपुर

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई