२४ घण्टामा सडक दुर्घटनामा १० जनाको मृत्यु, १६६ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टा भित्र देशभर सडक दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् भने १६६ जना घाइते भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार २०८३ असोज १९ गतेको २४ घण्टा अवधिमा विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनाका कारण मानवीय क्षति भएको हो।

तथ्यांकले देखाए अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ भने त्यहाँ १२ जना घाइते भएका छन्। त्यस्तै कोशी प्रदेशमा २ जनाको मृत्यु र ४२ जना घाइते भएका छन्। मधेश प्रदेशमा १ जनाको मृत्यु हुँदा ४२ जना घाइते भएका छन्। बागमती प्रदेशमा १ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा भने मानवीय क्षति नभए तापनि १४ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा ११ जना र गण्डकी प्रदेशमा ८ जना घाइते भएको तथ्यांकमा बताइएको छ।

उपलब्ध तथ्यांकले छोटो समयमै सडक दुर्घटनाबाट ठूलो संख्यामा मानवीय क्षति भइरहेको प्रष्ट पार्छ। दुर्घटना कम गर्न सवारीसाधनको अवस्था, चालकको सावधानी र सडक सुरक्षाका उपायहरूमा थप ध्यान दिन आवश्यक देखिन्छ।

सौजन्य : नेपाल प्रहरी

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई