बाढीपहिरोले सडक संरचना तहसनहस, पुनर्निर्माणमा एक अर्बको अनुमान

गलकोट (बागलुङ), असोज २० गते । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट बागलुङमा सडक पूर्वाधारमा ५० करोडभन्दा बढीको क्षति भएको छ । सडक तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माणका लागि झण्डै एक अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सडक डिभिजन कार्यालयअन्तर्गत ३० करोड र पूर्वाधार विकास कार्यालयअन्तर्गत २० करोड गरी ५० करोडको क्षति भएको हो । बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा प्रदेश सरकारअन्तर्गतका सडकमा ठूलो क्षति पुगेको छ । मध्यपहाडी लोकमार्गको निसीखोला र गलकोट खण्ड तथा प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला सडकमा बढी क्षति भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कार्यालयअन्तर्गतका कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, बागलुङ–बेनीलगायत सडकमा करिब ३० करोडको क्षति भएको छ ।

मध्यपहाडी लोकमार्गको निसीखोलास्थित कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडकको ट्र्याक नै बाढीले बगाएको छ । घोडाबाँधेदेखि हटियासम्मको सडकमा पनि एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको र सडक भासिएको छ ।

कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाट क्षेत्रमा पनि बाढीपहिरोले सडकमा क्षति पुर्‍याएको छ । पुलको पहुँचमार्ग, कालोपत्रे सडक, सडकको ट्र्याक तथा पहिरोका कारण सडक संरचनामा ठूलो क्षति भएको कार्यालयले जनाएको छ । बागलुङ बजार–सिगाना र बागलुङ बजार–तित्याङ सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

पूर्वाधार विकास कार्यालय बागलुङका अनुसार प्रदेश सरकारअन्तर्गत निर्माण भइरहेका सडकमा करिब रु। २० करोडको क्षति भएको छ । कार्यालय प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति गलकोट–हरिचौर–ताराखोला सडकमा भएको छ ।

आठ किलोमिटर सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको र तीन स्थानमा ताराखोलाले कालोपत्रे सडकको ट्र्याक नै बगाएको थापाले बताउनुभयो । शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट तथा कुश्मिसेरा–राङ्खानी सडकमा पनि क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार जिल्लामा बाढीपहिरोबाट सबैभन्दा बढी क्षति सडक पूर्वाधारमा भएको छ । खोला किनारमा निर्माण गरिएका कतिपय पक्की सडक बाढीपछि बगरमा परिणत भएका छन् ।

तत्काल सडक सम्पर्क कायम गर्ने उद्देश्यले कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग तथा सडक सम्पर्क टुटेको ताराखोलामा शहीदमार्ग खुलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

सौजन्य: गोरखापत्र अनलाइन

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई