कांग्रेस बन्दसत्रमा सभापतिसहित चार प्रतिवेदनमाथि छलफल : आजै पारित गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्दसत्र जारी छ। बन्दसत्रमा सभापति गगनकुमार थापासहित उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।

खुलामञ्चमा जारी बन्दसत्रमा सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनसँगै उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठका प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गर्नेछन्।

बन्दसत्रको पहिलो दिन महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित भइसकेको छ। संशोधित विधान पारित भएपछि कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढेको छ। अहिले राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ भने खुलामञ्चमा बन्दसत्र जारी छ।

निर्वाचन प्रक्रियातर्फ महाधिवेशन प्रतिनिधिको ध्यान केन्द्रित भएपछि खुलामञ्चमा भने चहलपहल केही कम देखिएको छ। यद्यपि बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफललाई निरन्तरता दिइएको छ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार यसअघि तीनवटा छुट्टाछुट्टै हलमा क्लस्टरअनुसार प्रतिनिधिबीच प्रतिवेदनमाथि छलफल गर्ने व्यवस्था गरिएको थियो। आज प्रतिनिधिको उपस्थितिलाई हेरेर आवश्यकताअनुसार छलफललाई एउटै हलमा समेट्ने तयारी गरिएको छ।

‘सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुन्छ,’ संयोजक आचार्यले भने, ‘त्यसपछि प्रतिवेदनहरू पारित हुन्छन्।’

कांग्रेस महाधिवेशनमा एकातिर नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ भने अर्कोतर्फ बन्दसत्रमार्फत पार्टीको आगामी राजनीतिक दिशा, सांगठनिक संरचना र आर्थिक विषयसँग सम्बन्धित प्रतिवेदन पारित गर्ने प्रक्रिया चलिरहेको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई