कांग्रेस महाधिवेशन : मतदान जारी, दुई घण्टामा खस्यो १ हजार २९३ मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शुक्रबार बिहान साढे १० बजेसम्म १ हजार २९३ मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिलो गरी प्रक्रिया सुरु भएको थियो । मतदान सुरु भएको करिब दुई घण्टामा उक्त मत खसेको हो ।

मतदानका लागि काठमाडौंको खुलामञ्च र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा व्यवस्था मिलाइएको छ ।

खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् भने राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई