भोलिदेखि सुरु हुँदै एनपीएल, बजारमा पाइनेछन् सात टोलीका लोगो अंकित एक्स्ट्रीमका स्पेसल एडिसन क्यान

काठमाडौं । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उत्साहलाई थप रोमाञ्चक बनाउन एक्स्ट्रीम इनर्जी ड्रिङ्क्सले क्रिकेटप्रेमी तथा समर्थकका लागि आफ्नै मनपर्ने टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान बजारमा ल्याएको छ।

एनपीएलमा सहभागी सात टोलीको लोगो समेटिएका यी विशेष क्यानले समर्थकलाई आफ्नो टिमप्रतिको समर्थन र उत्साह व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्नेछन्।

एनपीएलको माहोललाई समर्थक र बजारसम्म पुर्‍याउन एक्स्ट्रीमले क्यानमा मात्र नभई प्रतियोगिताको प्रवर्द्धनमा समेत सक्रियता देखाउँदै आएको छ। यसअघि कम्पनीले एनपीएलका सात टोलीका लागि छुट्टाछुट्टै पहिचान झल्किने गेटसमेत निर्माण गरेको थियो। टोलीको पहिचान र प्रतियोगिताको उत्साहलाई जोड्ने यस्ता गतिविधिले एनपीएलको दृश्यात्मक आकर्षण बढाउनुका साथै समर्थकमाझ प्रतियोगिताको माहोल सिर्जना गर्न सहयोग पुर्‍याएका छन्।

यसपटक एक्स्ट्रीमले सार्वजनिक गरेको स्पेसल एडिसन क्यान पनि यही अभियानको निरन्तरताका रूपमा आएको छ। सात टोलीको लोगो अंकित क्यानमार्फत समर्थकले आफ्नो मनपर्ने टिमसँग जोडिएको उत्पादन रोज्न पाउनेछन्। खेल हेर्दा, साथीभाइसँग क्रिकेटको चर्चा गर्दा वा आफ्नो टोलीलाई समर्थन गर्दा प्रयोग गर्न सकिने यी क्यानले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप नजिक बनाउने अपेक्षा गरिएको छ।

सात टोली,  सात गेट, सात पहिचान

एनपीएलमा सहभागी सात टोलीको पहिचान झल्किने गरी तयार पारिएका स्पेसल एडिसन क्यानले प्रतियोगिताको उत्साहलाई मैदानबाट बजारसम्म पुर्‍याउने लक्ष्य राखेका छन्। आफ्नै टोलीको लोगो अंकित क्यान रोज्न पाउने अवसरले समर्थकलाई आफ्नो टिमप्रतिको अपनत्व र गर्व व्यक्त गर्ने माध्यमसमेत उपलब्ध गराएको छ।

Xtreme special can.jpg.jpegXtreme special can.jpg.jpeg

नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै जाँदा एनपीएल खेलाडी र टोलीबीचको प्रतिस्पर्धामा मात्र सीमित छैन। यसले समर्थक, व्यावसायिक प्रतिष्ठान र ब्रान्डलाई जोड्ने साझा मञ्चका रूपमा समेत आफ्नो दायरा विस्तार गरिरहेको छ। यस्तो अवस्थामा एक्स्ट्रीमले गेट निर्माणदेखि स्पेसल एडिसन क्यान बजारमा ल्याउनेसम्मका गतिविधिमार्फत प्रतियोगितासँग आफ्नो ब्रान्डलाई जोडेको देखिन्छ।

भोलिदेखि सुरु हुने एनपीएलले क्रिकेटप्रेमीमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। त्यही उत्साहलाई लक्षित गर्दै बजारमा ल्याइएका एक्स्ट्रीमका स्पेसल एडिसन क्यान नजिकैका पसल तथा बिक्री केन्द्रमा उपलब्ध छन्।

NPL4-1790346439.jpeg

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई