एनपीएलमा होम एन्ड अवे गेम खेलाउन तीन वर्षभित्र ८ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

काठमाडौँ- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले तीन वर्षभित्र देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्।मन्त्री लम्सालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा यस्तो जानकारी दिएका हुन्।उनका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लम्सालले व्यक्त गरेका छन्।उनले क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई