तेस्रो एनपीएलका लागि सम्पूर्ण तयारी पूरा, ७० करोडको कारोबार हुने क्यानको अपेक्षा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता भोलिदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।क्यानका अनुसार मैदान, खेल व्यवस्थापन, प्राविधिक पक्ष तथा आवश्यक पूर्वाधारको सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ । यस संस्करणलाई विगतका दुई संस्करणभन्दा थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको क्यानले जनाएको छ ।तेस्रो संस्करणमा एनपीएलको व्यावसायिक दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ। क्यानले प्रतियोगितामार्फत करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरेको छ भने प्रत्यक्ष रूपमा करिब २० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।

यसपटक पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको छ। प्रतियोगिताको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।क्यानका अनुसार बढ्दो दर्शक सहभागिता, प्रायोजकको आकर्षण र अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले एनपीएल नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकाससँगै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने विश्वास क्यानको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई