भोटेकोशी बाढीको क्षतिपूर्ति भुक्तानीमा युनाइटेड अजोड, इन्जिनियरिङ क्षेत्रमा दाबी उच्च

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको आकस्मिक बाढी प्रभावितका लागि प्राथमिकतााका साथ दावी भुक्तानी गरिरहेको छ ।कम्पनीमा कुल ८३ करोड ९६ लाख ९० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । कम्पनीको मंगलबारसम्मको रिपोर्टअनुसार बाढीबाट भएको क्षतिका लागि कम्पनीमा कुल ११८ वटा बीमा दाबी परेका छन्।तथ्याङ्कअनुसार सबैभन्दा ठुलो अनुमानित दाबी रकम इन्जिनियरिङ क्षेत्रमा रहेको छ । यस क्षेत्रमा तीनवटा दाबी दर्ता भएका छन्, जसको अनुमानित रकम ५८ करोड ४५ लाख ५० हजार रुपैयाँ छ ।

सवारी साधन बीमातर्फ ५१ वटा दाबी दर्ता भएका छन् । यस वर्गमा ११ करोड ५० लाख ३ हजार ७०० रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, सम्पत्ति बीमातर्फ ११ वटा दाबीको अनुमानित रकम ८ करोड २४ लाख ६ हजार २३५ रुपैयाँ ४८ पैसा रहेको छ ।मरीन अर्थात जलयान बीमातर्फ चारवटा दाबी दर्ता भएका छन् । यस वर्गमा ३ करोड ६५ लाख २९ हजार ४७७ रुपैयाँ ७७ पैसा बराबरको दाबी परेको छ । स्वास्थ्य बीमातर्फ ४९ वटा दाबी दर्ता भएका छन्, जसको अनुमानित रकम २ करोड १२ लाख रुपैयाँ रहेको छ ।

सातवटा दाबीको भुक्तानी

कम्पनीले हालसम्म सातवटा दाबीको भुक्तानी गरेको छ । भुक्तानी भएका दाबीबापत कुल १ करोड ४९ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।सवारी साधन बीमातर्फ ६ वटा दाबीको भुक्तानी गरिएको छ । यसबापत कम्पनीले १ करोड १६ लाख ४७ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, सम्पत्ति बीमातर्फ एउटा दाबीको ३३ लाख १४ हजार रुपैयाँ भुक्तानी भएको छ ।कम्पनीको विवरणअनुसार कुल ७४ वटा दाबी फछ्र्यौट हुन बाँकी छन् । तीमध्ये सवारी साधन बीमाका ४०, स्वास्थ्य बीमाका १७, सम्पत्ति बीमाका १०, मरीनका चार र इन्जिनियरिङका तीनवटा दाबी रहेका छन् ।

बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा सम्पत्तिमा पुगेको क्षतिका कारण कम्पनीमा ठुलो रकमको बीमा दायित्व सिर्जना भएको छ । कम्पनीका अनुसार प्राप्त बीमा दाबीको अध्ययन, क्षतिको मूल्याङ् कन तथा आवश्यक प्रक्रिया पूरा गरी भुक्तानीलाई सरल र सहज बनाउने काम भइरहेको छ।विपद्बाट आर्थिक क्षति बेहोरेका बीमितलाई समयमै बीमा रकम उपलब्ध गराउँदा पुनःस्थापना तथा व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने भएकाले दाबी भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई