एनपीएलमा आज डबल हेडर, पहिलो खेलमा विराटनगर र चितवन आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः३० बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् । दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

एनपीएलको उद्घाटन खेलमा बुधबार साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्सबाट हुनेछ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई