‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ : उल्टो रथ घुमाउने परम्परा अझै जीवित

नेपाली समाजमा एउटा चर्चित उखान छ ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ काठमाडौंको हाँडीगाउँमा मनाइने जात्राको मौलिक शैली र अनौठो परम्पराले यो उखानलाई वर्षौंदेखि जीवन्त बनाउँदै यो वर्ष पनि निरन्तरता दिइएको छ । अरू जात्रामा रथ वा खटलाई सामान्य ढङ्गले घुमाइन्छ, तर हाँडीगाउँको जात्रामा भने उल्टो रथ घुमाउने परम्परा छ । यही विशिष्टताले हाँडीगाउँको जात्रालाई अरूभन्दा फरक बनाएको स्थानीयको भनाई छ ।हरेक वर्ष परम्परागत विधि र सांस्कृतिक उत्साहका साथ मनाइने यो जात्रा यस वर्ष पनि आयोजना गरिएको छ । जात्राका क्रममा उल्टो रथ घुमाउने दृश्यले स्थानीय बासिन्दादेखि जात्रा अवलोकन गर्न पुगेका सर्वसाधारणसम्मको ध्यान आकर्षित गरेको थियो ।

पुस्तौँदेखि चल्दै आएको यो परम्परा हाँडीगाउँको सांस्कृतिक पहिचानका रूपमा स्थापित हुदै आएको स्थानीयको भनाई छ । हाँडीगाउँको जात्रा रमाइलो र मनोरञ्जनको लागि मात्र नभएर यो काठमाडौं उपत्यकाको प्राचीन संस्कृति, धार्मिक आस्था र मौलिक जीवनशैलीको जीवन्त प्रतिबिम्ब पनि भएको जात्रामा सहभागी स्थानीय समुदायले आफ्ना पुर्खाले चलाउँदै आएको परम्परालाई निरन्तरता दिँदै आएका छन्।आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि यस्ता सांस्कृतिक पर्वले पुरानो पुस्ताको ज्ञान, सीप र संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउने काम गरिरहेको स्थानीय श्याम श्रेष्ठले जानकारी दिए ।

विशेषगरी उल्टो रथ घुमाउने परम्पराले हाँडीगाउँको जात्रालाई छुट्टै पहिचान दिएको छ। यही अनौठो शैलीका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान जनजिब्रोमा लोकप्रिय बनेको मानिन्छ। जात्राको विशिष्टता हेर्न र यसको सांस्कृतिक महत्त्व बुझ्न विभिन्न ठाउँबाट मानिसहरू हाँडीगाउँ पुगेका थिए ।नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणका दृष्टिले पनि हाँडीगाउँको जात्राको महत्व उत्तिकै छ । यस्ता परम्पराले समुदायबीचको एकता र आत्मीयता बलियो बनाउनुका साथै काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक वैभवलाई जीवन्त राख्न सहयोग पुर्‍याउने श्रेष्ठको भनाई छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई